इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली
बिहिबार, ०८ माघ २०८२

काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको यू १४ इलिट ट्रफी खेल्न लागेकी शिभाली गुरुङ मेलबर्न पुगेकी छिन् ।
जनवरी २८ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागीता जनाउन शिभाली अष्ट्रेलिया पुगेकी हुन् ।
एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयताकी शिभाली मलेसियामा केही साताको प्रशिक्षण गरेकी थिईन् । मलेसियाको प्रीशक्षण सकेर शिभाली मेलबर्न गएकी हुन् ।
शिभालीलाई अष्ट्रेलियास्थित तमु समाजले विमानस्थलमा स्वागत गरेको थियो ।
मेलबर्नमा शिभालीलाई भिक्टोरिया तमु समाजका अध्यक्ष तेज गुरुङ, उपाध्यक्ष अशोक गुरुङ, सहायक महासचिव अशोक गुरुङ, अमृत गुरुङ, कोषाध्यक्ष अनिता गुरुङ र कल्पना गुरुङ लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
#shivaligurung#shivalikhelpati












-1770375849820.jpg&w=3840&q=75)




