टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

काठमाडौं। टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।
आयोजक टाइगर ग्रुपले बुधबार सार्वजिक गरेको खेल तालिकाअनुसार यी दुई टोली शुक्रबार भिड्ने भएका हुन्। यी दुईबीचको खेल बिहान ९ बजे हुनेछ।
सोही दिन पुरुषतर्फ आर्मीले माल्दिभ्सको टोलीलाई चुनौती प्रस्तुत गर्नेछ। यो खेल बिहान ११ बजे राखिएको छ। दिनको अन्तिम खेलमा गण्डकी प्रदेश विभागीय टोली एपीएफसँग भिड्नेछ।
आयोजकका अनुसार पुरुषतर्फ तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफसँगै गण्डकी भलिबल संघ र पर्वत जिल्ला भलिबल संघ सहभागी हुनेछन्। विदेशी टोलीका रुपमा माल्दिभ्सले भाग लिनेछ।
हेल्प नेपाल भने बाहिरिएको छ। महिलातर्फ न्यु डायमन्डसहित आर्मी, पुलिस र एपीएफसँगै थाइल्यान्ड क्विन्स सहभागी हुनेछन्।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशि गत वर्षको तुलनामा वृद्धि गरिएको छ। महिला तथा पुरुष दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीलाई ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तृतीय हुने टोलीलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
साथै सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूलाई ११ हजार ६६६ रुपैयाँ बराबरको पुरस्कार व्यवस्था गरिएको छ।











-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)

