नेपालगञ्जमा 'गोलफेस्ट २०२६' फुटसल प्रतियोगिता हुने

बाँके। पश्चिम नेपालको सबैभन्दा ठूलो फुटसल प्रतियोगिता गोलफेस्ट २०२६ आगामी माघ ९ र १० गते नेपालगन्जमा आयोजना हुने भएको छ ।
प्रतियोगिता नेपालगञ्जस्थित बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हबमा आयोजना हुने भएको हो ।
इश्वरी युनाइटेड प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताले नेपालगन्जसहित आसपासका जिल्लाबाट उत्कृष्ट फुटसल टोलीहरूलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउने लक्ष्य राखेको छ ।
आयोजक इश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाहका अनुसार गोलफेस्ट प्रतियोगितामात्र नभई पश्चिम नेपालमा फुटसल संस्कृतिको उत्सवको रुपमा आयोजना गर्न लागिएको हो ।
“युवालाई खेलकुदमा आकर्षित गर्दै स्वस्थ प्रतिस्पर्धा र व्यावसायिक फुटसल वातावरण निर्माण गर्नु उद्देश्य हो। बाँके जिल्लालाई खेलकुद गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।” उनले बताए।
प्रतियोगिता व्यावसायिक मापदण्डअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले ७५ हजार नगद पुरस्कार, ट्रफी तथा पदक प्राप्त गर्नेछ। प्रतियोगिताका दौरान दर्शकहरूका लागि मनोरञ्जनात्मक कार्यक्रम, खानाका स्टल तथा अन्य गतिविधि पनि रहनेछन्।
कार्यक्रम संयोजक रोशन महतराका अनुसार गोलफेस्ट २०२६ लाई व्यवस्थित, आकर्षक र विश्वसनीय बनाउने तयारी पूरा भइसकेको छ।
प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भइसकेको छ। इच्छुक टोलीहरूले बागेश्वरी फुटसल एण्ड स्पोर्ट्स हब तथा मान्भी स्पोर्ट्स हाउसबाट दर्ता फाराम प्राप्त गर्न सक्नेछन्। सिट संख्या सीमित भएकाले समयमै टिम दर्ता गर्न सकिने अध्यक्ष शाहले बताए ।






-1768897962219.jpg&w=3840&q=75)
-1768813120551.jpg&w=3840&q=75)




-1768908116031.jpeg&w=3840&q=75)

-1768893498186.jpeg&w=3840&q=75)
