बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

बुधबार, ३० पौष २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता
mustang rice ad

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा सुरुआती चार खेल जितेर वुधबार शीर्षस्थानमा रहन सफल भएका छन् । यससँगै उनले प्रतियोगितामा एकल अग्रता लिएका छन् ।

हिमालयन चेस एकेडेमीको काठमाडौं ११ स्थित थापाथलीको चेल हल सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले चौथो दिन वुधबार द ब्रिटिश कलेजका सजल न्यौपानेलाई पराजित गर्दै शतप्रतिशत जितलाई कायम राखेका हुन् । अभिक प्रतियोगितामा शीर्ष वरीयताका खेलाडी हुन् । यसअघि तीन खेल जितेका १६९७ रेटेड सजलले पहिलो हार बेहोरेका हुन् ।

नब्बे मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय रहेको हिमालयन च्यालेन्जर्समा पुष्पसदन स्कुलका लियोन महर्जनको यात्रामा पनि पूर्णविराम लागेको छ । उनले चौथो चरणमा आएर १६०६ रेटेड रोहित श्रेष्ठविरुद्ध हार बेहोरे । मातृभूमि स्कुलका प्रवीर केसी (१४४१) ले हार्दिक पन्त (१६०५) सँग बराबरी खेल्दै अंक बाँडे । अनरेटेड विमश लोहनीले अग्रता आचार्य (१४७४ रेटेड) सँगको खेल बराबरीमा टुंग्याए ।

चौथो चरणमा उजिभानी कँडेलले अनमोल राई, सात्विकमान तुलाधरले निहाना श्रेष्ठ, शुभांग प्रधानले निवा राई, आशिर्वाद थापाले अरिज राई, अभिक रेग्मीले ईश्वर लामा, वियांका गौतमले विराज सरिया, नायुमा मगरले रियान श्रेष्ठ, रेयांश महर्जनले सूर्यप्रताप सिंह कार्की, रेयांश खनालले अरण्य तुलाधर, रेयांशु पौडेलले श्रेयांश सापकोटा र ओजस्वी श्रेष्ठले अभियान राईलाई पराजित गरे ।

युवा खेलाडीको स्तरोन्नतिको लागि आयोजित हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ । चौथो चरणको खेल सकिँदा अभिक शाह चार जितसहित १२ अंक बनाएर शीर्षस्थानमा रहे । उनले पाँचौ चरणमा सात्विकमानविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सात्विकसहित रोहित, शुभांग, आशिर्वाद, लियोन र उजिभानीले समान तीन जितसँगै नौ अंक जोडेका छन् ।

स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ४ गतेसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ ।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।

हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित