बालगोपाल सातदोबाटोको मुख्य प्रशिक्षकमा नियुक्त
आइतबार, २० पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। बालगोपाल साहुखलाले सातदोबाटो युथ क्लब सम्हाल्ने भएका छन्।
घरेलु फुटबलमा आधुनिक सोचका युवा प्रशिक्षकका रूपमा चिनिँदै आएका उनलाई सातदोबाटोले राष्ट्रिय लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको हो।
राष्ट्रिय लिग २५ पुसदेखि सुरु हुँदैछ। उनले नेपाली फुटबलमा विभिन्न भूमिकामा योगदान दिएका छन्। नेपाली यु–२० पुरुष राष्ट्रिय टोलीमा उनले सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
नेपाल यु–१९ महिला राष्ट्रिय टोलीलाई मुख्य प्रशिक्षकको रूपमा नेतृत्व पनि गरेका थिए।
त्यसबाहेक उनले ‘ए’ डिभिजनमा च्यासल युथ क्लब, ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लब र ‘सी’ डिभिजनमा महावीर क्लबको प्रशिक्षण सम्हालिसकेका छन्।
प्रशिक्षक मात्र नभई उनले एफसी रिएले नामक फुटबल क्लबको स्थापना गरेका छन्। यो क्लबले ग्रासरुट स्तरदेखि खेलाडी उत्पादन गरिरहेको छ।







-1767597180139.jpeg&w=3840&q=75)


-1767582128729.webp&w=3840&q=75)
-1767541422718.webp&w=3840&q=75)

