गार्सियाको पहिलो ह्याट्रिक
-1767582128729.webp&w=3840&q=75)
काठमाडौं। २१ वर्षीय युवा फरवार्ड गोन्जालो गार्सियाले ला लिगामा आफ्नो पहिलो ह्याट्रिक पूरा गर्दै रियल मड्रिडलाई रियल बेटिसविरुद्ध ५–१ को सानदार जित दिलाएका छन्।
आइतबार सान्टियागो बेर्नाबेउमा भएको खेलमा घाइते किलियन एमबाप्पेको स्थानमा दुर्लभ अवसर पाएका गार्सियाले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचे। बायाँ घुँडाको चोटका कारण एमबाप्पे मैदानबाहिर छन्।
खेलको २०औं मिनेटमा रोड्रिगोको फ्रिकिकमा हेडर गोल गर्दै गार्सियाले सुरुआती अग्रता दिलाए। दोस्रो हाफको ५०औं मिनेटमा उनले छातीले बल नियन्त्रण गरी क्षेत्रबाहिरबाट गरेको आकर्षक भली प्रहार गोलमा परिणत भयो।
८२औं मिनेटमा अर्दा गुलरको पासलाई एडीले छुवाउँदै गोल गर्दै उनले ह्याट्रिक पूरा गरे र दर्शकको ठूलो तालीका बीच मैदान छाडे।
उनको स्थानमा आएका फ्रान गार्सियाले इन्जुरी समयमा गोल गर्दै मड्रिडको जितलाई पूर्णता दिए। यसअघि रोड्रिगोकै कर्नरमा राउल एसेन्सियोले गोल गरेका थिए भने बेटिसका कुचो हेर्नान्देजले ६६औं मिनेटमा एक गोल फर्काएका थिए।









-1767608511823.jpeg&w=3840&q=75)



-1767597180139.jpeg&w=3840&q=75)