सातदोबाटोबाट जगजितले खेल्ने

काठमाडौं। सातदोबाटो युथ क्लबले मिडफिल्डर जगजित श्रेष्ठलाई भित्र्याएको छ।
टोलीले राष्ट्रिय लिगका लागि अस्ट्रेलियामा रहेका ३२ वर्षीय श्रेष्ठलाई अनुबन्ध गरेको हो। लिग ३० पुषदेखि सुरु हुनेछ।
श्रेष्ठ नेपाली फुटबलमा परिचित नाम हुन्। उनले मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा, फ्रेन्ड्स क्लब, त्रिभुवन आर्मी र ‘बी’ डिभिजनमा घटुवा भएको थ्री स्टारलगायत क्लबबाट खेलिसकेका छन्। उनी २०१६ यता भने अस्ट्रेलियामा सेमि प्रोफेसनल फुटबल खेलिरहेका छन्।
‘ए’ डिभिजनका शीर्ष १३ क्लब र एन्फा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ क्लब गरी कुल १७ टोलीको सहभागितामा राष्ट्रिय लिग आयोजना हुन लागेको हो।
लिगमा कुल १३६ खेल खेलाइने छन्। खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, दशरथ रंगशाला र च्यासल मैदान गरी तीन भेन्युमा सञ्चालन हुनेछन्। प्रतियोगिता पुस ३० गतेदेखि सुरु हुने एन्फाले जनाएको छ।
लिगमा एपीएफ एफसी, मच्छिन्द्र एफसी, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, संकटा एफसी, चर्च बोइज युनाइटेड, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, न्यूरोड टिम, श्री भगवती क्लब, त्रिभुवन आर्मी एफसी, चित्लाङ एफसी, काँक्रेविहार, नव जनजागृति क्लब, सतदोबाटो युथ क्लब, ललिगुराँस एसोसिएसन र प्लानिङ बोइज युनाइटेड सहभागी छन्।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


