हारबाट जोगियो युनाइटेड
-1767541422718.webp&w=3840&q=75)
काठमाडौं। म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ। घरेलु मैदानमा आइतबार सम्पन्न खेलमा लिड्स युनाइटेडले युनाइटेडबीचको खेल १–१ को बराबरीमा सकिएको छ।
बराबरीसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन्। लिड्सले दोस्रो हाफको सुरुआतमै अग्रता लिएको थियो। खेलको ६२औं मिनेटमा ब्रेन्डन आरोनसनले तीव्र काउन्टर आक्रमणपछि गोल गर्दै लिड्सलाई १–० को अग्रता दिलाए।
तर, त्यसको तीन मिनेटपछि नै युनाइटेडले खेल बराबरीमा ल्यायो। ६५औं मिनेटमा माथेउस कुन्हाले जोशुवा जिर्क्जीको पासमा उत्कृष्ट फिनिस गर्दै युनाइटेडका लागि बराबरी गोल गरे।
खेलको अन्तिम समयमा दुवै टोलीले जितका अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। ८१औं मिनेटमा कुन्हाको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्किँदा युनाइटेड अग्रता लिनबाट चुक्यो।
उता लिड्सका जोएल पिरो र डोमिनिक क्याल्भर्ट–लेविनका प्रयास पनि गोलमा परिणत हुन सकेनन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।








-1767582128729.webp&w=3840&q=75)


-1767597180139.jpeg&w=3840&q=75)
