शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

कबड्डी टिमकी कप्तानले जेनजी मन्त्रीलाई भनिन्– सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो !

सोमबार, २१ पौष २०८२खेलपाटी संवाददाता
कबड्डी टिमकी कप्तानले जेनजी मन्त्रीलाई भनिन्– सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो !
Loading ad...
mustang rice ad

काठमाडौं। अन्तर्राष्ट्रिय प्रतियोगितामा देशलाई पदक दिलाइसकेको नेपाली राष्ट्रिय महिला कबड्डी टिम अहिले अभ्यास गर्ने हलको अभावमा दशरथ रंगशालाको ‘सिन्थेटिक ट्र्याक’मै अभ्यास गर्न बाध्य छ।

आफ्नै प्रशिक्षण स्थल नहुँदा टोलीले खाली हुने ठाउँ खोजेर अभ्यास गर्नुपरेको छ। सोमबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही दृश्य देखियो।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता राष्ट्रिय कीर्तिमान कायम गर्ने र उदीयमान एथलेटिक्स खेलाडीलाई खेल सामग्री प्रदान गर्न रंगशाला पुगेका थिए। त्यही बेला एक कुनामा अभ्यास गरेर महिला कबड्डी खेलाडीहरू हिँड्न लागेका थिए। त्यही बेला मन्त्री गुप्ता टुप्लुक्क पुगिदिए।

मलेसियाको राजधानी क्वालालम्पुरमा फागुन १५ देखि १७ सम्म हुने महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिताको तयारी चल्दैछ। यो प्रतियोगिताका लागि भन्दै अखिल नेपाल कबड्डी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहल मिलाएको थियो।

तर, सोही कभर्डहलमा नेपाल भलिबल संघले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पसियनसिप आयोजना गरेपछि भने यी खेलाडी सिधै सिन्थेटिक ट्र्याकमा अभ्यास गर्न बाध्य भएका हुन्। हुन त यी खेलाडीलाई कभर्डहलमा अभ्यास गर्न पनि त्यति सजिलो भने थिएन।

महिला राष्ट्रिय कबड्डी टिमकी कप्तान मनमति विष्टका अनुसार कभर्डहलमा कुनै प्रतियोगिता नभएको स्थितिमा मात्र टोलीले अभ्यास गर्ने गरेको थियो। ‘बिहान हामी आफैं म्याट ओछ्याउँथ्यौं। सीमित समय अभ्यास गर्थ्यौं र फेरि म्याट समेटेर फर्किन्थ्यौं,’ उनले खेलपाटीसँग भनिन्। कभर्डहलमा हुने प्रतियोगिताले प्रशिक्षणलाई बारम्बार प्रभावित पार्दै आएको थियो।

विष्टले सोमबार जेनजी खेलकुदमन्त्रीसमक्ष यही गुनासो राखिन्। ‘हामीलाई अरु सबै ठीकै छ, तर एउटा हल भए हुन्थ्यो,’ उनले हातै जोडेर मन्त्री गुप्तालाई भनिन्। तर, मन्त्री गुप्ता केही बोल्न सकेनन्, हाँसे मात्र।

आउँदो दिनमा सुरु हुने शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताले कभर्डहल फेरि व्यस्त बनाउनेछ। यसले क्वालालम्पुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा समेत असर पार्ने खेलाडीहरूको चिन्ता छ।

अभ्यासस्थलको अभाव हुँदाहुँदै पनि नेपाली महिला कबड्डी टिमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक रजत जितेको थियो। चीनमा भएको १९औं एसियन गेम्समा पनि कांस्य पदक हात पार्दै महिला कबड्डीमा नेपाललाई पहिलो पटक पदक दिलायो।

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिप २०२५ मा पनि टोलीले कांस्य पदक जित्यो। महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै नेपालले आफूलाई प्रतिस्पर्धी टोलीका रूपमा स्थापित गर्‍यो।

अब टोली सर्कल कबड्डी लिगमा पदक जित्ने लक्ष्यसहित तयारीमा छ। तर, स्थायी अभ्यासस्थल नहुँदा त्यो लक्ष्यमा असर पर्ने हो कि भन्ने चिन्ता उस्तै छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई