रुकुम पश्चिमलाई हराउँदै पुलिस तेस्रो
शनिबार, १९ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पुलिस क्लब एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तेस्रो भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३–२ सेटले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो।
निकै प्रतिस्पर्धात्मक बनेको खेल पाँच सेटसम्म पुगेको थियो। खेलको पहिलो सेट रुकुम पश्चिमले २७–२५ ले जिते पनि दोस्रो सेट नेपाल पुलिस क्लबले २५–२३ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा पुलिस क्लबले २६–२४ को संघर्षपूर्ण जित निकाल्दा चौथो सेट २५–२२ ले जित्दै खेललाई निर्णायक सेटमा पुर्यायो। अन्तिम तथा निर्णायक पाँचौं सेटमा नेपाल पुलिस क्लबले १५–१० को स्पष्ट जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो।















-1772193235805.webp&w=3840&q=75)
