संकटाको जितमा रिचार्डको ह्याट्रिक
शुक्रबार, १५ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। रिचार्ड चुक्विडालु अन्येमाको ह्याट्रिकसँगै संकटा क्लबले राष्ट्रिय लिगमा एकतर्फी जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा चित्लाङ फुटबल क्लबमाथि ३–० को जित निकालेको हो। संकटाको यो दोस्रो जित हो। लिगमा ८ खेल खेलेको संकटाले ९ अंक जोडेको छ।
चित्लाङको भने यो तेस्रो हार हो। सामान खेलबाट चित्लाङको ७ अंक रहेको छ। खेलको पहिलो मिनेटमा रिचार्डको गोलमा संकटाले अग्रता लियो।
३५औं मिनेटमा ताए ड्यानियल बदरुले गोल गर्दै संकटालको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा रिचार्डले व्याक्तिगत दोस्रो गोल गर्दै संकटालाई ३–१ को स्थिति ल्याए।
७४ औं मिनेटमा रिचार्डले ह्याट्रिक पूरा गर्दै संकटालाई एकतर्फी जित दिलाए।





-1772193235805.webp&w=3840&q=75)






