शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

शुक्रबार, १५ फाल्गुण २०८२खेलपाटी संवाददाता
स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले
Loading ad...
mustang rice ad

काठमाडौं। बाल्यकालमै आफ्नै देश अर्जेन्टिना छाडेर स्पेन पुगेका थिए, लिओनल मेसी र उनका परिवार।

स्पेनिस क्लब बार्सिलोनाको प्रसिद्ध एकेडेमी ‘ला मासिया’मा हुर्किएका मेसीले एक समय स्पेनका लागि खेल्ने अवसर पनि पाएका थिए। तर, उनले जन्मभूमि अर्जेन्टिनाकै प्रतिनिधित्व गर्ने इच्छा व्यक्त गरे।

१३ वर्षको उमेरमा उपचार र उज्ज्वल भविष्यको खोजीमा मेसी परिवारसहित स्पेन गएका थिए। बार्सिलोनाको युवा टोलीमा खेल्दै गर्दा उनको अद्भुत प्रतिभाले स्पेनिस फुटबल महासंघको ध्यान तानेको थियो। हालै ‘मिरो दे आत्रास’ नामक पोडकास्टमा दिएको अन्तर्वार्तामा मेसीले त्यतिबेला आफूलाई स्पेनको उमेरसमूह टोलीमा खेल्न आकर्षित गरिएको बताएका छन्।

मेसीले भने,‘म त्यतिबेला बार्सिलोनामा खेलिरहेको थिएँ। त्यसैले मलाई स्पेनका लागि खेल्ने संकेत गरिएको थियो। धेरै युवा खेलाडीका हकमा यस्तो हुन्छ, त्यसैले यो स्वाभाविक थियो।’

तर, अर्जेन्टिनी रहेका मेसीले तत्काल अन्तिम निर्णय लिन सकेनन्। यही द्विविधाका कारण उनले सन् २००३ को १७ वर्षमुनिको विश्वकपमा सहभागिता जनाउन सकेनन्।

उक्त प्रतियोगिताको सेमिफाइनलमा स्पेन र अर्जेन्टिना आमनेसामने भएका थिए। त्यस खेलमा मेसीका तत्कालीन सहकर्मी सेस फाब्रेगासले दुई गोल गर्दै अर्जेन्टिनालाई ३–२ ले पराजित गरेका थिए। उक्त कुरा स्मरण गर्दै मेसीले भने,‘फाब्रेगास त्यतिबेला आर्सनलमा खेलिरहेका थिए र हाम्रीविरुद्ध दुई गोल गरेका थिए। त्यसपछि सबैले मलाई किन स्पेनबाट नखेलेको भन्दै सोध्न थाले।’

स्पेनबाट खेल्दा सफलता पाउने सम्भावना धेरै भए पनि मेसीको लक्ष्य स्पष्ट थियो। बार्सिलोनामा प्रायः सबै उमेरसमूह पार गरे पनि उनको हृदय जन्मभूमि अर्जेन्टिनामै थियो।

उनले भने,‘अवसर थियो र सम्भव पनि थियो। तर, मेरो सधैंको चाहना अर्जेन्टिनाका लागि खेल्ने नै थियो।’ अन्ततः सन् २००४ मा अर्जेन्टिनाको २० वर्षमुनिको टोलीबाट मेसीले डेब्यु गरे। त्यसपछि २००५ को युवा विश्वकप उपाधि र २००८ को ओलम्पिक स्वर्ण पदकसँगै उनको सफल यात्राको सुरुआत भयो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी