बागमतीमाथि पुलिसको अग्रता
बिहिबार, १४ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा बागमती प्रदेशमाथि पहिलो दिनको खेलमा ६० रनको अग्रता लिएको छ।
बागमती प्रदेशले निर्धारित ५३.५ ओभरमा १८५ रन बनाएको थियो। ईशान पाण्डेले सर्वाधिक ४१ रन बनाए भने बिपिन आचार्यले ४६ रनको महत्त्वपूर्ण इनिङ्स खेले। करण केसीले चार विकेट लिँदै बलिङमा प्रभावशाली प्रदर्शन गरे। ललित राजवंशीले तीन विकेट लिए।
जवाफमा पुलिसले ४९ ओभरमा ४ विकेट गुमाउँदै २४५ रन बनाएर पहिलो दिनको खेलमा ६० रनको अग्रता बनाएको छ। कुशल भुर्तेलले ९६ रन बनाए भने शंकर राना ४८ रनमा आउट भए।
दिलसाद अली ३७ रनमा अविजित रहे।











-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)