सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने
-1772193235805.webp&w=3840&q=75)
काठमाडौं। सानदार प्रदर्शनले च्याम्पियन्स लिगमा बोडो/ग्लिम्टको यात्रा अझ रोचक बनाएको छ।
अब नर्वेजियन क्लब बोडो/ग्लिम्टलाई आर्कटिक सर्कलमा रहेको आफ्नै मैदानमा पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग राउन्ड अफ १६ मा खेल्नुपर्ने भएको छ।
बोडो/ग्लिम्ट म्यान्चेस्टर सिटीसँग सम्भावित भिडन्तबाट जोगिएको छ। सिटीले फेरि पनि रियल मड्रिडसँग खेल्नेछ। रियल र सिटी नक्कआउट चरणमा लगातार पाँचौंपल्ट भिड्न लागेका हुन्। यस खेलको विजेताले क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग खेल्ने सम्भावना छ।
गत महिना नर्वेजियन माछा बजारमा भएको खेलमा सिटीलाई ३–१ ले हराउँदा बोडो/ग्लिम्टले चार खेल लगातार जित्ने लहर बनाएको थियो। त्यो सबै नर्वेजियन अफसिजनको समयमा भएको थियो। पहिलो खेल मार्च १० वा ११ मा र अर्को खेल एक हप्तापछि हुनेछ।
हालका च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले चेल्सीसँग खेल्ने भएको छ। यस खेलको विजेताले क्वार्टरफाइनलमा लिभरपुल वा गालातासरायसँग खेल्नेछ। गालातासरायले सेप्टेम्बरमा लिभरपुललाई १–० ले हराएको थियो।
स्पेन र इङ्ल्यान्डका दुई क्लब एउटै सेक्सनमा छन्। बार्सिलोनाले न्युक्यासलसँग खेल्नेछ भने एट्लेटिको मड्रिड टोटेनहमसँग भिड्नेछ। विजेताले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
बायर्न म्युनिखले इटालीको अन्तिम प्रतिनिधि टिम एटलान्टासँग खेल्नेछ। आर्सनलले बायर लेभरकुसेनसँग खेल्नेछ। आर्सनल र लेभरकुसेनको विजेता बोडो/ग्लिम्ट वा स्पोर्टिङसँग क्वार्टरफाइनल खेल्नेछ।












