एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा
बिहिबार, १७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौँ। विभागीय टोली एपीएफ क्लबलाई हराउँदै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा रुकुमले एपीएफलाई ३–१ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
पहिलो सेट २२–२५ ले घुमाएको रुकुमले त्यसपछि बाँकी तीन सेटमा २५–२०, २५–१६ र २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो।
सेमिफाइनलमा अब रुकुमले आर्मी र खिल्जीबीचको विजेतासँग शुक्रबार खेल्नेछ।











-1767268406472.png&w=3840&q=75)
