गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा यसपटक गण्डकी प्रदेशको सहभागिता नहुने भएको छ।
नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा च्याम्पियनसिप ११ पुसदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु हुँदैछ। च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोली सहभागी हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ।
यसपल्ट गण्डकी टिमको अनुपस्थितिले प्रतियोगितामा नयाँ समीकरण देखिने अपेक्षा गरिएको छ। च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ ।
महिलातर्फ तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी क्लब सहभागी हुनेछन्। यीबाहेक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, कर्णालीको चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् सहभागी छन्।
पुरुषतर्फ पनि तीन विभागीय टोलीसहित मणिमुकुण्ड भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, कोशी प्रदेश भलिबल संघ, खिल्जी युवा क्लब, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने भएको छ।
संघका अनुसार विभागीय टोलीबाहेकका क्लबले एएफसीअधिकतम तीन विदेशी खेलाडीएएफसी टिममा समावेश गर्न पाउनेछन्। यसले प्रतियोगिताको स्तर थप उकास्ने विश्वास लिइएको छ।








-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)