आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

सोमबार, २९ मंसिर २०८२खेलपाटी संवाददाता
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
mustang rice ad

काठमाडौं। आयोजक भ्याली पब्लिक, टीआईए र गोल्डेनपिकले १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। भ्याली पब्लिक सिनियर गल्र्स, टीआईए सिनियर ब्वाइज र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने।

भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले न्युटनलाई ५२–२७ ले पराजित गर्‍यो। भ्याली पब्लिककी लोरिशा गौचनले उत्कृष्ट प्रदर्शन गर्दै ३० अंक जोडिन्। केभीकेएसएस तेश्रो भयो।

सिनियर ब्वाइजको फाइनलमा टीआईएले न्युटनलाई ४९–३९ ले हरायो। टीआईएका रोशन नगरकोटीले १७ स्कोर गरे। हेम्स तेस्रो बन्यो।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले एन्जल्स हार्टलाई २९–२७ को साँघुरोअन्तरले पाखा लगायो। गोल्डेनपिकका अग्रज राईले १६ अंक जोडे। लालीगुराँस नेसनल एकेडेमी तेश्रो स्थानमा रह्यो। तीनै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे।

सिनियर ब्वाइजमा टीआईएका अविस्कार रोक्का, जुनियर ब्वाइजमा गोल्डेनपिकका अभिराज सिंह र सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा न्युटनका अनिश गुरुङ, जुनियर ब्वायजमा लालीगुराँसका सुवास शाही र सिनियर गल्र्समा न्युटनकी दिप्सना ठकुरी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।

सिनियर ब्वाइजमा हेम्सका आयुश रावल, जुनियर ब्वाइजमा एन्जल्स हार्टका रियान केसी र सिनियर गल्र्समा केभीकेएसएसकी मुस्कान लिम्बू उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए। सिनियर ब्वाइजमा रेडियन्ट रिडर्स, जुनियर ब्वाइजमा तेजस्वी एकेडेमी र सिनियर गल्र्समा नेक्ससले अनुशासित टिमको उपाधि हात पारे।

विजेतालाई केन्द्रीय प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगाना, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल एवं प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। मंसिर १९ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २७, जुनियर ब्वाइजमा २६ र सिनियर गल्र्समा ३२ टिम सहभागी थिए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी