एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

काठमाडौं । एस्ट्रीम इनर्जी ड्रिङ्क्सले नेपाल प्रिमियर लिगको फाइनल खेल डिजिटल स्क्रिनमा निशुल्क देखाउने भएको छ ।
शनिबार बसुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल एस्ट्रीमले सोही प्रदेशका राजधानी शहर धनगढी र बुटवलमा निशुल्क देखाउने भएको हो ।
धनगढीको जीएनजी मार्गस्थित पार्क मोड तथा बुटवलको ट्राफिक चोकमा डिजिटल स्क्रिन मार्फत निःशुल्क देखाईने एस्ट्रीमले जनाएको छ ।
दर्शक तथा खेलप्रेमीहरूलाई आफ्नै प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई सामूहिक रूपमा समर्थन गर्न, हौसला थप्न तथा खेललाई स्थानीय उत्सवको रूपमा मनाउन प्रोत्साहन मिलोस भन्ने उद्देश्यले फाइनल खेल प्रसारणको प्रवन्ध गरिएको एस्ट्रीमले जनाएको छ ।
“फाइनल खेलको महत्वपूर्ण क्षण खेल समर्थकलाई नजिकबाट अनुभूति होस् भन्ने उद्देश्यले दुवै स्थानमा उत्कृष्ट प्राविधिक व्यवस्था सहित एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारणको तयारी गरेकोले आफ्नो प्रदेश र मनपर्ने टिमको समर्थनलाई महोत्सवको रुपमा भव्य बनाउन सहयोग हुने विश्वास लिएका छौं ।” एस्ट्रीमले भनेको छ ।
एस्ट्रीमले सबै खेलप्रेमी तथा युवाहरूलाई आफ्नो मनपर्ने टोलीलाई ऊर्जा, उत्साह र एकताको भावनासहित समर्थनमा सहभागी हुन आग्रह पनि गरेको छ ।













-1765539955299.jpeg&w=3840&q=75)