शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

बुटवल। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ।
शाइन रेसुङ्गा बैंकले लुम्बिनीको बुटवलमा केन्द्रीय कार्यालय राखेर देशभर सेवा सञ्चालन गरिररहेको छ। मोफसलमा केन्द्रीय कार्यालय राखेर सेवा दिने शाइन रेसुङ्गा एकमात्र बैंक हो।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन्।
बैंकसंगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टिमकै हौसला बढेको आचार्यले बताए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसंग सहकार्य गरेको बताए।
बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टिम लुम्बिनी लायन्ससँग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताए।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १ देखि २७ गतेसम्म नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुँदैछ।






-1754044149.jpg&w=3840&q=75)








-1761641224925.jpeg&w=3840&q=75)