मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

एरिका र प्रशिक्षक कुशल सम्मानित

मंगलबार, कार्तिक १२, २०८२खेलपाटी संवाददाता
एरिका र प्रशिक्षक कुशल सम्मानित
Classic Tech Internet Ad

काठमाडौं। नेपाल सितोरियो कराते संघले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ।

संघले एरिकालाई १ लाख र कुशललाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो। एरिकाले चीनको हाङ्झाउमा सम्पन्न सन् २०२२ को एसियाली खेलकुदमा महिला कुमुते ६८ किलोमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन्।

उक्त समूहको सेमिफाइनलमा उनले हङकङकी यान काइ होलाई ८–४ को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। एरिकाको यो पदक २५ वर्षपछि एसियाली खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धामा नेपालको तेस्रो रजत पदक हो।

साथै, यो १९औं एसियाली खेलकुदमा नेपालको एकमात्र रजत पदक पनि हो। सन् २०२४ मा अमेरिकामा आयोजित यूएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा उनले स्वर्ण र रजत दुवै पदक जितेकी थिइन्।

उाले यसवर्ष अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेर फेरि नेपाललाई गौरवान्वित बनाएकी छन्। त्यस्तै, २०२५ जुन ३ मा उनले मोरक्कोको राबातमा सम्पन्न कराते–१ प्रिमियर लिगमा ऐतिहासिक उपलब्धि हात पार्दै नेपालका लागि पहिलोपटक पदक जितिन्।

महिला कुमुते ६८ किलोमाथि समूहमा प्रतिस्पर्धा गर्दै उनले फ्रान्सकी पिया क्लेमेंसलाई रिपिचाज राउन्डमा ६–२ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन्। यो नेपालको कराते इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता मानिएको छ। अब उनले इजिप्टको कायरोमा विश्व कराते च्याम्पियनसिप खेल्नेछिन्।

यी सबै सफलतामा कुशल उनको प्रशिक्षक हुन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

एरिकाले जितिन् ऐतिहासिक स्वर्ण पदक

एरिकाले जितिन् ऐतिहासिक स्वर्ण पदक

Bajaj Pulsar Motorcycle Ad
महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

प्रीतिले भारतविरुद्ध नखेल्ने

प्रीतिले भारतविरुद्ध नखेल्ने

 साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने

साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने