बिहिबार, असोज ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

सोमबार, भदौ १६, २०८२खेलपाटी संवाददाता
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
Classic Tech Internet Ad

काठमाडौं। नोभाक जोकोभिचले ३८ वर्षको उमेरमा नयाँ कीर्तिमान रचेका छन्।

आइतबार उनले यूएस ओपनको अन्तिम १६ मा जर्मनीका ३५ वर्षीय यान–लेनार्ड स्ट्रफलाई ६–३, ६–३, ६–२ ले पराजित गर्दै एकै सिजनमा सबै चार ग्रान्डस्लामको क्वार्टरफाइनल पुग्ने सबैभन्दा पाको पुरुष खेलाडी बने।

यस जितसँगै जोकोभिचले आफ्नो करिअरको ६४औं ग्रान्डस्लाम क्वार्टरफाइनलमा प्रवेश गर्दै आफ्नै सर्वकालीन रेकर्डलाई अझ विस्तार गरेका छन्। साथै, उनले कीर्तिमानी २५औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्य पनि जीवित राखेका छन्।

अर्थर एस स्टेडियममा भएको १०९ मिनेट लामो खेलमा जोकोभिचले स्ट्रफको सर्भलाई ६ पटक ब्रेक गर्दै सुरुदेखि नै दबदबा जमाए। ‘कति अवसर अझ बाँकी हुन्छ, थाहा छैन। त्यसैले प्रत्येक क्षण निकै विशेष लाग्छ। यहाँ उपस्थित सबैलाई धन्यवाद भन्न चाहन्छु,’ जितपछि जोकोभिचले प्रतिक्रिया दिए।

विश्व नम्बर १४४ मा रहेका स्ट्रफ यसअघि दुई जना वरीयता प्राप्त खेलाडीलाई हराउँदै पहिलोपटक यूएस ओपनको चौथो चरण पुगेका थिए। तर, सातौं वरीयता प्राप्त जोकोभिचविरुद्ध उनले खासै दबाब दिन सकेनन्।

स्ट्रफले प्रतियोगितामा ६६ ‘एस’ प्रहार गर्दै पुरुष वर्गमा दोस्रो उच्च ‘एस’ संख्याका साथ प्रतियोगिता छाडे। तर, जोकोभिचविरुद्ध उनले पहिलो सर्भ आधाभन्दा कम मात्रै सफल गराए, जसकारण आफ्नो मुख्य हतियार कमजोर हुँदै गयो र जोकोभिचलाई फाइदा पुग्यो।

चार पटकका यूएस ओपन च्याम्पियन जोकोभिच लगभग अपराजेय देखिए। उनले खेलमा १२ ‘एस’ प्रहार गरे र पहिलो सर्भबाट ७९ प्रतिशत अंक जिते।

‘सर्भ राम्रो हुँदा निश्चित रूपमा खेल सजिलो हुन्छ। अघिल्लो चरणमा पनि मैले उत्कृष्ट सर्भिङ गरेको थिएँ, आज पनि त्यस्तै भयो,’ उनले भने।

उनले थपे,‘मैले एक तथ्यांक हेरें यस पटक प्रतियोगितामा सबैभन्दा बढी एस प्रहार गर्ने खेलाडीमध्ये एकलाई मैले सर्भमा नै हराएँ। त्यो विशेष कुरा हो र यसले कोर्टमा मलाई सजिलो बनाउँछ।’

खेलका क्रममा जोकोभिचले दायाँ काँध र हातमा फिजियोबाट उपचार पनि लिएका थिए। अब  क्वार्टरफाइनलमा अमेरिकन खेलाडी टेलर फ्रिट्जसँग भिड्नेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता

भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी

भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी

Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

मेसीको नाममा  ‘मेसी कप’ हुने

मेसीको नाममा ‘मेसी कप’ हुने

उपाधिनजिक नेपाल

उपाधिनजिक नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल