काठमाडौं। नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीको ७ सदस्यीय पदाधिकारी घोषणा गरिएको छ।
ओलम्पिकमा आबद्ध २३ भन्दा बढी संघ मिलेर बनाएको तदर्थ कमिटीले बिहीबार ७ सदस्यीय पदाधिकारी घोषणा गरेको हो।
तदर्थ कमिटीको संयोजक ध्रुवबहादुर प्रधान छन्। सदस्यमा राजीवविक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ र अनिल शर्मा छन्।