साफ यु–१७ : ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो
मंगलबार, साउन ७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएको छ।
एन्फाले मंगलबार उनीहरुलाई बोलाएको हो। प्रशिक्षणमा ५ गोलकिपर, ९ डिफेन्डर ७ मिडफिल्डर, ७ विंगर र ७ फरवार्डलाई बोलाइएको छ।
प्रतियोगिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुने तय छ। डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन्।
नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ।













