काठमाडौं। साफ महिला यु-२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली मंगलबार स्वदेश फर्किने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोली अहिले २ बजे फर्किन लागेको हो।
बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल ४-० ले पराजित भएको थियोे।
योसँगै बंगलादेशले अपराजित रहँदै १८ अंकका साथ उपाधि हात पार्यो।
बंगलादेशसँग दुई हार बेहोरेको नेपालले ६ खेलबाट १२ अंक पुर्यायो।