• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रिसलाई जितमा बदलेकी सागोरिका
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
रिसलाई जितमा बदलेकी सागोरिका

काठमाडौं। बसुन्धरा किङ्स एरिनामामा सोमबार साँझ साफ महिला यु-२० च्याम्पियनसिपमा जित मात्रै थिएन, त्यो  मोसाम्मत सागोरिकाको आत्ममुक्तिको कहानी पनि थियो।

निलम्बनका कारण तीन खेल गुमाएकी १७ वर्षीया सागोरिका फाइनल खेलमा धमाकेदार रूपमा फर्किइन् र नेपालविरुद्ध ४-० को सानदार जित दिलाउँदै उपाधि दिलाइन्। ती चारै गोल उनले एक्लैले गरिन्।

ठाकुरगाउँकी यी फरवार्डले जुलाई १३ मा नेपालविरुद्धको पहिलो खेलमा रातो कार्ड पाएकी थिइन्। त्यतिखेरसम्म उनले एक गोल गरिसकेकी थिइन्। त्यो रातो कार्डसँगै उनी तीन खेलका लागि निलम्बित भइन्।

‘ती दिनहरू निकै पीडादायक थिए,’ उनले भनिन्,‘तर, मैले आफैंसँग बाचा गरेकी थिएँ फर्किन्छु। जब फर्किन्छु, सबैलाई देखाउँछु।’

खेल सुरु हुनुअघि बंगलादेशमा वायुसेनाको प्रशिक्षण विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुप्रति सम्मान जनाउँदै एक मिनेट मौन धारण गरिएको थियो। त्यो क्षण गम्भीर थियो।

तर, त्यसपछि सुरु भयो सागोरिकाको तूफान। आठौं मिनेटमै नेपाली गोलकिपर सुजता तामाङलाई छक्याउँदै पहिलो गोल गरिन्। दोस्रो हाफको सुरुआतमै उनले पिरोएट गर्दै शक्तिशाली प्रहारमा दोस्रो गोल थपिन्।

उनको तेस्रो गोल सबैभन्दा कलात्मक थियो। गोलकिपर सुजताको माथिबाट ‘चिप’ गर्दै। योसँगै उनको प्रतियोगिताको दोस्रो ह्याट्रिक पूरा भयो। तर, उनी त्यत्तिमै रोकिइनन्। ७४ औं मिनेटमा टाढाबाट प्रहार गर्दै चौथो गोल गरेकी सागोरिकाले बंगलादेशलाई उपाधि दिलाउन मात्र होइन, आफूलाई पनि पुनःस्थापित गरिन्।

खेलपछि पत्रकार सम्मेलनमा उनी आफ्नो आत्मावलोकनमा थिइन्। ‘म साच्चै खुसी छु,’ उनले भनिन्, ‘म तीन खेल खेल्न सकिन, त्यो पीडादायी थियो। तर, मैले मनमनै भनेकी थिएँ जब फाइनल खेल्छु, उत्कृष्ट खेल्नेछु। टोलीका साथीहरूले पनि विश्वास दिएका थिए।’

रातो कार्डबारे कुरा गर्दा उनले स्वीकारिन्, त्यो बेला रिस थाम्न सकिनन्। तर, अब उनले मैदानमा शान्त रहनुपर्छ भन्ने सकिनेकी छन्। त्यसैले उनी भन्छिन्, ‘भविष्यमा यस्ता गल्ती दोहोर्याउँदिन।’

उनको प्रदर्शनले दुवै टिमका प्रशिक्षकहरूको ध्यान खिच्यो। बंगलादेशका प्रशिक्षक पीटर बटलरले भने, ‘सागोरिका अब राष्ट्रिय टोलीनजिक छिन्।’ नेपालका सहायक प्रशिक्षकले उनलाई यो क्षेत्रको उत्कृष्ट स्ट्राइकरमध्ये एक भने।

फाइनल जिते पनि बंगलादेशको ड्रेसिङ रुममा खुसी मिश्रित दुःख थियो। ढाकाको उत्तरामा भएको वायुसेनाको विमान दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु र १७० भन्दा बढी घाइते भएको घटनाले त्यो क्षणलाई गम्भीर बनाएको थियो।

कप्तान आफेदा खाँडकारले भनिन्, ‘दुर्घटनाको खबरपछि हामी मैदानमा झर्‍यौं। धेरै बालबालिका घाइते भए। देशका जनताको अनुहारमा थोरै मुस्कान ल्याउन हामीले जित्नै पर्ने थियो।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
उपविजेता टोली स्वदेश फिर्ता
उपविजेता टोली स्वदेश फिर्ता
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
एन्फाले गर्यो फेसबुकको कमेन्ट् बक्स अफ !
चिप्लिएको सपना, चुकेको एन्फा !
चिप्लिएको सपना, चुकेको एन्फा !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
नेपाली टोलीका प्रशिक्षक भन्छन्– अन्तिम खेलमा खेलाडी थाके
उपविजेता टोली स्वदेश फिर्ता
उपविजेता टोली स्वदेश फिर्ता
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
पाकिस्तानको टोलीमा प्रिमियर लिग खेलेका प्रशिक्षक
क्यूकेएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
क्यूकेएस अन्तरविद्यालय क्रिकेट मंसिरमा
नेपाली टोली स्वदेश फर्किँदै
नेपाली टोली स्वदेश फर्किँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP