• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं। साफ महिला यु–२० च्याम्पियनसिप उपाधि निर्णायक मोडतिर मोडिएको छ। 

अंकतालिकाको शीर्ष स्थानमा अपराजित बंगलादेश १२ अंकसहित अगाडि छ। तर, तीन अंकले पछाडि रहेको नेपाल अझै होडमा छ।

शर्त यति मात्र हो, अब नेपालले नतिजाले मात्र होइन, गोल संख्याले पनि घरेलु टोली बंगलादेशलाई जित्नैपर्नेछ। यस्तोमा शनिबार नेपाललाई भुटानले चुनौती प्रस्तुत गर्दैछ। भुटान त्यही टोली हो, जसलाई नेपालले प्रतियोगिताको पहिलो खेलमा ६–१ ले पाखा लगाएको थियो।

प्रतियोगिताबाट बाहिर भइसकेको भुटानले श्रीलंकाविरुद्धको एक खेल जित्नुबाहेक खासै ठूलो उपलब्धि हासिल गर्न सकेको छैन। यथार्थमा भुटान नेपालका लागि गोलअन्तर सुधार्ने अवसर बनेर आएको टोली हो।

नेपाली टोलीका मुख्य प्रशिक्षक भन्छन्,‘नेपालका प्रत्योक खेलाडीले गोल गरिरहेका छन्। त्यसैले विपक्षीलाई को स्ट्राइकर हो? को खेलाडीले गोल हान्छ भनेर कम्फ्युज छ। त्यसैले भुटानविरुद्ध बलियो प्रदर्शन गरेर बंगलादेशसँग अर्कै रणनीतिले खेल्छौं।’

शनिबार नै बंगलादेश श्रीलंकासँग खेल्दैछ। श्रीलंका त्यही टोली हो, जसलाई बंगलादेशले उद्घाटन खेलमै ९–१ ले हराउँदै आफ्नो शक्ति प्रदर्शन गरेको थियो।

जुनसुकै नतिजा आए पनि बंगलादेश आफ्नो अग्रता कायम राख्ने रणनीतिमा हुनेछ। तर, उसले त्यो नाफा अन्तिम खेलसम्म पुर्‍याउन चाहन्छ, जहाँ नेपालसँगको सीधा भिडन्त बाँकी नै छ।

अब समीकरण यस्तो बनेको छ– भुटानविरुद्ध फराकिलो जित निकाल्नैपर्ने दबाबमा नेपाल छ। ताकि अन्तिम खेलअघि बंगलादेशसँग फराकिलो गोल अन्तरको खाडल देखियोस्।

नेपालले ४ खेलमा २२ गोल गर्दा ४ गोल खाएको छ। समान खेलमा बंगलादेशले समान गोल खाँदै १९ गोल गरेको छ। 

यदि शनिबार बंगलादेशले पनि श्रीलंकामाथि भारी जित निकाल्छ भने जुलाई २१ मा हुने नेपाल–बंगलादेश भिडन्त मात्र उपाधिका लागि निर्णायक हुनेछ। तर, त्यो खेल नेपालले जितेर मात्र हुँदैन, पर्याप्त गोल अन्तर बनाइ उपाधि हत्याउनुपर्ने हुन्छ।

यही कारण शनिबारको खेल नेपालका लागि तीन अंक बटुल्ने मौका होइन, उपाधिउन्मुख रहन गोलकै भाषा बोल्ने अभ्यास पनि हो। गोलपछिको गोल अहिले नेपालको आवश्यकता हो।

अर्कोतर्फ बंगलादेश रणनीतिक हिसाबले सुरक्षित खेल्नेछ। यदि श्रीलंकामाथि पर्याप्त जित निकाल्न सके बंगलादेशले नेपालविरुद्धको खेललाई बराबरीमा टुंग्याएर पनि उपाधि उचाल्न सक्छ। त्यसैले अबको दुई दिन उपाधिको दौड अंकले होइन, गोलले तय गर्नेछन्।

यही गोलको घनचक्करमा नेपालको पहिलो उपाधि सपना र बंगलादेशको लगातार दोस्रोपल्ट साफ यु–२० को उपाधि जित्ने लक्ष्य अल्झिएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
५ खेल, ३ कप्तान !
५ खेल, ३ कप्तान !
समीक्षा र सुजता सुरुआती ११ मा
समीक्षा र सुजता सुरुआती ११ मा
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
५ खेल, ३ कप्तान !
५ खेल, ३ कप्तान !
समीक्षा र सुजता सुरुआती ११ मा
समीक्षा र सुजता सुरुआती ११ मा
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP