ज्ञान निकेतन र विल्सन फाइनलमा
बुधबार, ३२ असार २०८२खेलपाटी संवाददाता
काठमाडौं। ज्ञान निकेतन र विल्सन एकेडेमी दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर्स ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भएको सेमिफाइनलमा ज्ञान निकेतनले माइलस्टोनलाई १७–९ तथा विल्सनले हेम्सलाई १२–९ ले पराजित गरे।
जुनियर ब्वाइजमा स्पाङ्गेलले केएमसीलाई ८–६ तथा ग्रिनलन्सले ज्ञान निकेतनलाई १०–८ ले हराउँदै फाइनल भेट पक्का गरे। सिनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभनले क्यान्भास बसन्त ऋतुलाई ११–७ तथा डेफोडिल पब्लिक स्कुलले हिमालीलाई ८–३ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
