बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण

आइतबार, जेठ २६, २०८२खेलपाटी संवाददाता
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
Classic Tech Internet Ad

काठमाडौं। मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । आदित्य छात्र तथा गौरी छात्रामा पहलिो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जिते ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा गौरीले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफलेले कांस्य हात पारे ।

छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए ।

सुदूरपश्चिमका रोहित धामी दोश्रो तथा कोशीका प्रियान्शु शाह तेश्रो भए । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोश्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेश्रो बने ।

छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोश्रो तथा सुदूरपश्चिमका मोहन परियार तेश्रो भए । उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोश्रो तथा कोशीकी प्रकृति काफ्ले तेश्रो भए ।

जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ । सुदूरपश्चिम, गण्डकी, मधेश र लुम्बिनीले समान १–१ स्वर्ण जितेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

Bajaj Pulsar Motorcycle Ad
पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

कुशलको वरीयता १० स्थान तल खस्कियो

कुशलको वरीयता १० स्थान तल खस्कियो

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

चोटपटकले नेपोलीलाई रोक्न सकेन

चोटपटकले नेपोलीलाई रोक्न सकेन

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर