पोखरा। पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा शुक्रबार ५ खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा मर्दिखोलालाई बेनपाले पराजित गरेको छ। दोस्रो खेलमा घान्द्रुकले जेपिटीलाई पराजित गरेको थियो। यस्तै, तेस्रो खेलमा वियुजीले टिजी ब्रर्दशलाई पाखा लगाउन सफल भयो।
चौथो खेलमा गलेश्वर ह्वाइटले त्रिशक्ती र अन्तिम खेलमा बि थर्टिन बिलाई बनेपाले पराजित गरेको आयोजक माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका खेल संयोजक अशोककुमार शाहीले जानकारी दिए।
प्रतियोगिता अन्तर्गत शनिबार सेमिफाइनल र फाइनल खेल हुनेछ।