काठमाडौं। वर्षा बाधक हुँदा टोखा नगरपालिका स्तरीय क्रिकेट कपको उपाधि श्री सत्य साई शिक्षा सदन र श्री सरस्वती हाई स्कुलले संयुक्त रूपमा उपाधि जितेका छन्।
सेभ एन्ड सस्टेन र टोखा नगरपालिकाको संयुक्त आयोजनामा आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल वर्षाले सम्भव नभएपछि फाइनल पुगेका दुई टोली श्री सत्य साई शिक्षा सदन र श्री सरस्वती हाई स्कुललाई संयुक्त रूपमा विजेता घोषित घोषित हुँदै उपाधि जितेका हुन्।
टी-१० फर्म्याटमा आयोजित प्रतियोगिता जेठ ५ गतेदेखि ११ गतेसम्म टोखा नगरपालिका खुलामञ्च भुतखेलमा भएको थियो। प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गराइएको थियो। समूह ए मा एपी स्कुल, श्री सत्य साई शिक्षा सदन, त्रियोग हाई स्कुल, काठमाडौं युरो स्कुल र प्यारामाउन्ट एकेडेमी रहेका थिए। त्यसैगरी समूह बी मा एपी च्यालेन्जर्स, सरस्वती हाई स्कुल, डिभाइन स्कुल, त्रिवेणी सदन इंग्लिस सेकन्डरी स्कुल र नितेन मेमोरियल स्कुल रहेका थिए। समूह चरणमा प्रत्येकले टोलीले चार–चार खेल खेलेका थिए।
प्रतियोगिताको फाइनल खेल वर्षाले बाधक बन्दा फाइनल पुगेका श्री सत्य साई शिक्षा सदन र सरस्वती हाई स्कुललाई संयुक्त रूपमा विजेता घोषणा गरिएको प्रतियोगिताका संयोजक एवं राष्ट्रिय क्रिकेट खेलाडी खुसी डंगोलले जानकारी दिइन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सौरभ गोइत घोषित हुँदा उत्कृष्ट ब्याटर अनीश खड्का चुनिएका थिए। त्यसैगरी उत्कृष्ट बलर आशीष मण्डल चुनिदा प्रतियोगिताको उदीयमान खेलाडी प्रशिष के.सी. घोषित भए। विजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई पूर्व कप्तान पारस खड्काले पुरस्कार प्रदान गरेका थिए।