काठमाडौं। आइसिसी महिला टी–२० विश्वकपको आशा झिनो कायम राख्न नेपाल बुधबार बहराइनविरुद्ध मैदान उत्रिँदै ।
थाइल्यान्डको बैंककमा जारी एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा बहराइनलविरुद्ध मैदान उत्रिन लागेको हो। टेर्डथाई क्रिकेट मैदानमा खेल १२:३५ बजे सुरु हुनेछ।
हालसम्मको अंक तालिका हेर्दा तीन खेलबाट चार अंक पुर्याएको हङकङको ‘सुपर थ्री’मा पुग्ने सम्भावना बलियो छ। अझ कुनै खेलमा हार नबेहोरेको हङकङको नेट रनरेट पनि मजबुत नै छ।
उक्त टोलीले हराएको नेपाल भने समान खेलबाट तीन अंकसहित दोस्रो स्थानमा छ। बुधबार नेपालले बहराइनलाई हराए पनि नेपालको पहिलोपल्ट विश्वकप खेल्ने सम्भावना उति मजबुत हुनेछैन। किनभने नेपालल शुक्रबार हुने बहराइन र हङकङबीचको खेलको नतिजा कुर्नुपर्नेछ।
नेपालले यसअघि बहराइनलाई नौ विकेटले पराजित गरेको थियो। तर, हङकङसँग सात विकेटले पराजित भएपछि नेपालको ‘सुपर थ्री’ खेल्ने सम्भावना झिनो बनेको हो।
यो जितसँगै नेपाल र बहराइनसँग दुईपल्ट अंक बाँडेको हङकङ सुपर थ्रीको संघारमा छ। अब समूह ‘ए’ र ‘बी’ बाट आउने टोलीसँग निर्णायक भिडन्तमा उत्रिने छ। नेपाललाई भने बहराइनविरुद्ध जित निकाल्दै हङकङको हारको कामना गर्नुबाहेक अन्य कुनै विकल्प हुनेछैन।