बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हाउन्ड्सको लगातार दोस्रो जित

मंगलबार, २३ बैशाख २०८२खेलपाटी संवाददाता
हाउन्ड्सको लगातार दोस्रो जित
Loading ad...
mustang rice ad

काठमाडौं। हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउन्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५–८१ को रोमाञ्चक जित दर्ता गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा हाउन्ड्स र टाइम्सले दुई–दुई क्वाटरमा अग्रता लिएको थियो। तर बाजी हाउन्ड्सले मार्‍यो।

टाइम्सले पहिलो क्वाटरमा २२–१९ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो। तर दोस्रो क्वाटरमा हाउन्ड्सले पुनरागमन गर्‍यो र दोस्रो क्वाटर २६–२० ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ४५–४२ को अग्रता बनायो।

तेस्रो क्वाटर पनि हाउन्ड्सले २८–१६ आफ्नो पक्षमा पार्दा ७३–५८ को अग्रता बनायो। १५ अंकले पछि परेको अवस्थामा पनि टाइम्सले चौथो क्वाटरपमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन प्रयास गरेको थियो। चौथो क्वाटर टाइम्सले २३–१२ ले आफ्नो पक्षमा पार्‍यो तर हार टार्न सकेन।

टाइम्सका लागि कप्तान सदिश प्रधानले सर्वाधिक २९ अंक स्कोर गरेपनि जिताउन सकेनन्। यस्तै विजयी टिम हाउन्ड्सका लागि सुजल खड्काले २१ अंक स्कोर गरे।

हाउन्ड्सका विजय बुर्जा लगातार दोस्रो खेलमा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। हाउन्ड्सले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो। टाइम्सको भने यो पहिलो हार हो। 

पहिलो खेलमा टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई पराजित गरेको थियो। यस्तै मंगलबारै भएको दोस्रो खेलमा गोल्डेनगेट बास्केटबल क्लबलाई रोएल्सलाई ७९–७२ ले पराजित गरेको छ। गोल्डेनगेटको यो पहिलो जित हो भने रोएल्सको लगातार दोस्रो हार हो।

पहिलो क्वाटर रोएल्सले २०–१६ ले आफ्नो पक्षमा पारेपनि त्यसपछि गोल्डेनगेटले पुनरागमन गरेको थियो। दोस्रो क्वाटर गोल्डेनगेटले १७–१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म स्कोर ३३–३३ भएको थियो।

तेस्रो क्वाटर २३–२२ ले आफ्नो पक्षमा पारेको गोल्डेनगेटले अन्तिम क्वाटरअघि झिनो अग्रता लिएको थियो। चौथो क्वाटर पनि २३–१७ ले आफ्नो पक्षमा पार्दै गोल्डेगेटले खेल जित्यो।

गोल्डेगेटको जितमा निकेश मगरले सर्वाधिक २७ अंक स्कोर गरे। उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। रोएल्सका प्रसन ध्वज मास्केले २५ अंक स्कोर गरे।

लिगमा बुधबार सामाखुशी युथ क्लब कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ। यी दुईबीचको पहिलो लिग खेलमा कीर्तिपुर विजयी भएको थियो।

६ टोली सहभागि लिग डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित