इनोभेटिभ बास्केटबल शुक्रबारदेखि
बुधबार, माघ १६, २०७५खेलपाटी संवाददाता

काठमाडौं । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १३, जुनियर ब्वाइजमा १० र सिनियर गल्र्समा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले जानकारी गराए । ब्वाइजमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्ने छन् । गल्र्सको प्रतिस्पर्धा राउन्ड रोविन लिगका आधारमा हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टिम उपाधिका लागि पुनः भिड्ने छन् ।
सिनियर ब्वाइजमा एचएचसीए, जुनियर ब्वाइजमा पुष्पसदन र सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने इनोभेटिभका प्रशासकीय निर्देशक राजेन्द्र चौलागाईंले जानकारी दिए । माघ २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्टमा हुनेछ ।








-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
