ललितपुरका डिफेन्डर पापे नेपाल आइपुगे
सोमबार, ०४ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। ललितपुर सिटी एफसीका डिफेन्डर पापे अब्दुलाह देकिते नेपाल आइपुगेका छन्।
उनलाई ललितपुरले तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो। ३२ वर्षीय देकितेले आफ्नो फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबमा बिताएका छन्। उनले अफ्रिका, एसिया र अन्य महादेशका विभिन्न लिग खेलेका छन्।
उनले भियतनामको टप डिभिजन लिग १ लिगसमेत खेलेका छन्। देकितेले गत वर्ष भारतको केरलाको सुपर केरला लिगमा क्यालिकट एफसीबाट खेलेका थिए ।
ललितपुरको मार्की प्लेयरमा अनन्त तामाङ छन्। ललितपुरले चैत्र १६ गते उद्घाटन खेल खेल्नेछ। उक्त खेल ललितपुरले काठमाडौं रेजर्स एफसीविरुद्ध खेल्नेछ।








-1764813103863.webp&w=3840&q=75)



-1764812815251.webp&w=3840&q=75)
