शान्जिनको अर्धशतकसँगै नेपाललाई १०५ रनको लक्ष्य
शुक्रबार, फागुन ३०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। शान्जिन शहजादको अर्धशतकसँगै हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा नेपाललाई १०५ रनको लक्ष्य दिएको छ।
इन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०४ रन बनाएको हो। हङकङको ओपनर शान्जिनले सर्वाधिक ५१ रन बनाइन्। ४७ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरिन्।
करी चान १६ र यास्मिन दासवानी १४ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन छुन सकेनन्। नेपालकी राजमती ऐरीले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिइन्।
इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टको नाममा समान एक विकेट रह्यो।










-1762856022963.jpg&w=3840&q=75)




