मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

फेरि ब्रुकले आइपिएल नखेल्ने

सोमबार, फागुन २६, २०८१खेलपाटी संवाददाता
फेरि ब्रुकले आइपिएल नखेल्ने
Classic Tech Internet Ad

काठमाडौं। इङ्ग्ल्यान्डका ब्याट्सम्यान ह्यारी ब्रुकले सोमबार आगामी इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिने निर्णय गरेका छन्। उनले आफूलाई रिचार्ज गर्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण रूपमा केन्द्रित हुने बताएका छन्।

२६ वर्षीय ब्रुकलाई इङ्ग्ल्यान्डको सेतो बल क्रिकेटका कप्तान जोस बटलरको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ। उनलाई यस सिजनका लागि दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको थियो।

‘मैले आगामी आइपिएलबाट बाहिरिने निकै कठिन निर्णय गरेको छु, ब्रुकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म दिल्ली क्यापिटल्स र समर्थकहरूसँग खुलेर माफी माग्न चाहन्छु।’ 

आक्रामक ब्याट्सम्यान ब्रुकले अघिल्लो सिजन पनि आफ्नो हजुरआमाको निधनका कारण दिल्ली क्यापिटल्ससँगको सम्झौता रद्द गरेका थिए। अब आइपिएलमा विदेशी खेलाडीले ढिलो गरी आफ्नो नाम फिर्ता लिन नपाउने नियमअनुसार उनी दुई वर्षको निलम्बनमा पर्नेछन्। यद्यपि, अधिकांश अवस्थामा चोटका कारण छुट दिइन्छ।

‘म क्रिकेटलाई माया गर्छु। जब म सानो थिएँ, तबदेखि नै आफ्नो देशको प्रतिनिधित्व गर्ने सपना देख्थें। खेल्न पाएकोमा म अत्यन्तै कृतज्ञ छु,’ उनले थपे।

इङ्ग्ल्यान्डले यस वर्षको समरमा भारतविरुद्ध पाँच टेस्ट खेल्दैछ। यो जुन महिनादेखि सुरु हुनेछ। त्यसपछि नोभेम्बरमा अस्ट्रेलियासँग एशेज सिरिज खेल्नेछ।

भारतविरुद्धको टेस्ट सिरिजपछि इङ्ग्ल्यान्डले वेस्ट इन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्डविरुद्ध सेतो बल सिरिज खेल्नेछ। साथै मे महिनामा जिम्बाब्वेविरुद्ध एक टेस्ट पनि हुनेछ।

‘इङ्ग्ल्यान्ड क्रिकेटका लागि यो निकै महत्वपूर्ण समय हो र म पूर्ण रूपमा तयारीमा केन्द्रित हुन चाहन्छु। त्यसका लागि मैले मेरो करियरकै सबैभन्दा व्यस्त समयपछि आफूलाई रिचार्ज गर्न समय निकाल्नुपर्छ,’ उनले भने।

इङ्ग्ल्यान्डको खराब प्रदर्शनपछि जोस बटलरले सेतो बल क्रिकेटको कप्तानीबाट राजीनामा दिएका थिए। 

‘मलाई थाहा छ, सबैले यो निर्णय बुझ्ने छैनन् र म त्यसको अपेक्षा पनि गर्दिनँ। तर, मलाई जुन कुरा सही लाग्छ, त्यही गर्नुपर्छ। मेरो प्राथमिकता र ध्यान मेरो देशका लागि खेल्नु नै हो,’ ब्रुकले बताए।

ब्रुकले सन् २०२३ मा सनराइजर्स हैदराबादका लागि खेल्दा कोलकाता नाइट राइडर्सविरुद्ध ५५ बलमा शतक प्रहार गरेका थिए।

आइपिएल २०२५ को सुरुआत मार्च २२ मा हुनेछ, जसमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैङ्गलुरुविरुद्ध इडेन गार्डेन्समा खेल्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति