काठमाडौं। नेपाली महिला खेलाडीले पनि ५० ओभरको क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आगामी वर्षको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
अहिलेसम्म महिला खेलाडीले ५० ओभरको घरेलु प्रतियोगिता खेल्न पाएका थिएनन्।
तर, क्यानले यसपल्ट भने प्रतियोगिता आयोजना गर्न लागेको हो। क्यानले अक्टोबरमा ५० ओभरको इलिट कप गर्न लागेको हो।