काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रसँग आगामी सेप्टेम्बरमा सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आगामी वर्षको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। तर, सिरिज भने नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको छ।
क्यानका अनुसार टी-२० आई फर्म्याटमा हुने सिरिज संयुक्त अरब इमिरेट्स (युएई) मा हुनेछ। तर, कुन टोलीसँग हुने भने अझै निक्यौल भइसकेको छैन।