क्रिकेटमा पहिलोपल्ट मिनी अक्सन हुने
शनिबार, फागुन २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली फ्रेन्चाइज क्रिकेटमा पनि पहिलोपल्ट मिनी अक्सन हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आगामी वर्षको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
क्यानले आफ्नै स्वामित्वमा नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्दै आएको छ। यही प्रतियोगितामा मिनी अक्सन हुन लागेको हो।
गत पुसमा सम्पन्न पहिलो संस्करणक फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियोे।
दोस्रो संस्करणको मिनी अक्सन भने अगस्टमा हुने क्यानले जनाएको छ।










-1762856022963.jpg&w=3840&q=75)




