• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हीरा, दीपा र अमिषाले ‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’ गुमाउने
खेलपाटी संवाददाता
आइतबार, माघ २७, २०८१ खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका तीन मुख्य खेलाडीले घरेलु मैदानमा हुने ‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’ गुमाउने भएका छन्। 

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ४ गतेदेखि प्रतियोगिता खेल्दैछ। तर, साढे तीन महिनापछि अन्तर्राष्ट्रिय खेलमा फर्किएको नेपालले डिफेन्डर हीराकुमारी भुजेल, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिषा कार्कीलाई गुमाउने भएको हो।

मुख्यप्रशिक्षक राजेन्द्र तामाङका अनुसार हीरा र दीपा चोटमुक्त नभएको कारण टोलीमा हुने छैनन्। यस्तै, अमिषाले भने व्यक्तिगत कारणले यो प्रतियोगिता गुमाउने छिन्।

‘हीरा र दीपा घाइते छन्। अमिषा पनि टोलीमा हुनेछैनन्। त्यसैले यी तीन स्थानमा नयाँ खेलाडी खेलाउन पर्ने बाध्यता नै छ,’ राजेन्द्रले खेलपाटीसँग भने। यद्यपि, को खेलाउने भन्ने टुंगो केही दिनमा लाग्ने उनले जानकारी दिए।

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत कार्तिक २ गते दशरथ रंगशालामा भुटानविरुद्ध भएको पहिलो खेलमा हीरा र दीपा घाइते भएका थिए। एमआरआइ रिपोर्टमा हीरालाई एसिएल र एमसिएल इन्ज्युरी भएको पाइएको थियो भने दीपालाई एसिएल इन्ज्युरी भएको देखिएको थियो। त्यसपछि दुवैलाई कार्तिक ४ गते हस्पिटल भर्ना गरिएको थियो। दुवैको शल्यक्रिया कार्तिक ७ गते गरिएको थियो।

यी दुई खेलाडी कार्तिक २१ गते ‘डिस्चार्ज’ भएका थिए। तर, चोटबाट ‘रिकभर’ हुन फिजियोथेरापी गराइरहेका छन्। यी दुई खेलाडीलाई प्रतिस्पर्धात्मक खेलमा फर्किन अझै चार महिनाभन्दा बढी समय लाग्ने बताइएको छ।

अमिषा भने ‘लेफ्टिनेन्ट’को प्रशिक्षणमा भक्तपुरमा छिन्। यसअघि उनले यसैको तयारी गर्दै गर्दा एन्फा महिला लिगका केही खेल पनि गुमाएकी थिइन्। 

अनुभवी डिफेन्डर हीरा र उदीयमान ‘प्लेमेकर’ दीपालाई चोटको कारण गुमाएपछि उनीहरूको अभाव नेपाली टोलीमा प्रष्टै देखिएको थियो। भुटानविरुद्ध सबैभन्दा खराब नतिजाको रूपमा गोलरहित खेलेपछि नेपाल माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले पराजित गर्दै समूह विजेता भएको थियो।

तनावपूर्ण सेमिफाइनलमा भारतलाई १–१ पछि टाइब्रेकरमा पन्छाएको नेपाली टोली उपाधि होडमा बंगलादेशविरुद्ध २–१ ले हारेको थियो।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP