• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उमेरलाई चुनौती दिइरहेका रोनाल्डो
खेलपाटी संवाददाता
मंगलबार, माघ २२, २०८१ खेलपाटी संवाददाता
उमेरलाई चुनौती दिइरहेका रोनाल्डो

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको फुटबल यात्रा र जीवनको यो महत्त्वपूर्ण मोडबारे चर्चा हुनु स्वाभाविक नै छ। ४० वर्षको उमेरमा पनि उनले मैदानमा देखाइरहेको ऊर्जा र उत्साह साँच्चिकै प्रेरणादायक छ।

हाल साउदी अरबको रियादस्थित अल–नासर क्लबलाई नेतृत्व गरिरहेका रोनाल्डो आफ्नो अनुकरणीय खेल शैलीले फुटबलप्रेमीहरूलाई मोहित पारिरहेका छन्। घरेलु मैदान अल–अवल पार्कमा सोमबार मात्रै एएफसी च्याम्पियन्स लिग एलिट समूहचरणको खेलमा अल–नासरले संयुक्त अरब इमिरेट्सको अल–वासलविरुद्ध ४–० को सहज जित हात पारेको थियो।

उमेरले चार दशकको कोसेढुंगा पार गर्न लाग्न लागिसकेका उनले यो जितमा दुई गोल गरे। भलै एक गोल पेनाल्टीमार्फत थियो। तर, प्रशंसा गर्नैपर्छ उनी यो उमेरमा पनि अझै विश्व फुटबलमा चम्किरहेका छन्। 

रोनाल्डोले डिसेम्बर २०२२ मा अल–नासर क्लबसँग सम्झौता गरेका थिए। यो सिजन क्लबका लागि उनले २३औं गोल गरिसकेका छन्। गोलको यो आँकडा उमेरले थकित भइसकेका खेलाडीका लागि कल्पना गर्नै नसकिने कुरा हो। अर्कोतर्फ यो उपलब्धिले उनको प्रदर्शन अलिकति पनि नखस्किएको संकेत गर्छ।

उनको प्रभावकारी प्रदर्शनकै कारण अल–नासरले एएफसी च्याम्पियन्स लिगको नकआउट चरणमा पहिले नै स्थान सुरक्षित गरिसकेको छ। समूहचरणको एक खेल बाँकी भए पनि क्लबको प्रदर्शनलाई लिएर समर्थकहरूमा ठूलो आशा छ। 

म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका लागि पाँच पटक युइएफए च्याम्पियन्स लिग जितेका रोनाल्डोको एसियामा भने त्यो उपलब्धि दोहर्याउन सकेका छैनन्। तर, अल–नासरका लागि उनको प्रदर्शनले यस सिजन क्लबलाई एसियाली च्याम्पियन्स लिगमा ऐतिहासिक उपलब्धि हासिल गर्ने सम्भावना बलियो देखिन्छ। रोनाल्डोको सफलता केवल गोल र ट्रफीमा सीमित छैन।

उनको मिहेनत, लगनशीलता र खेलप्रतिको समर्पण आजका युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। ४० वर्षको उमेरमा पनि उनले आफ्नो उच्च स्तरको फिटनेस कायम राख्न सकेका छन्। यसले उनी फुटबलका असल आदर्शमध्ये एकका रूपमा स्थापित छन्।

उनी आफ्नो सन्न्यासबारे खुलेर कुरा गर्न पछि पर्दैनन्। उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘मेरो कथा लेखिइसकेको छ, तर म त्यसका कारण सन्न्यास लिँदिन। म आजै फुटबल रोक्न सक्छु र कुनै पछुतो हुनेछैन। तर, यो दुःखद कुरा हुनेछ, किनभने म अझै उत्कृष्ट प्रदर्शन गरिरहेको छु।’

रोनाल्डोको धारणा स्पष्ट देखिन्छ– उनी अझै फुटबललाई माया गर्छन् र मैदानमा आफ्नो उत्कृष्टता प्रदर्शन गर्न उत्सुक छन्। फुटबलप्रेमी उनका आगामी खेलमा पनि यस्तै रोमाञ्चक प्रदर्शनको आशा राखिरहेका छन्।

अल–नासरका लागि यो सिजनको च्याम्पियन्स लिग यात्रा अझै महत्वपूर्ण छ र रोनाल्डोको अनुभवले टोलीलाई ठूलो सहयोग पुर्याउनेछ भन्नेमा कुनै शंका छैन।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP