वेस्ट इन्डिजको लगातार दोस्रो जित
-1770830065585.jpeg&w=3840&q=75)
काठमाडौं। वेस्ट इन्डिजले टी–२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ।
मुम्बईको वानखेडे रंगशालामा बुधबार सम्पन्न खेलमा इङ्ल्यान्डलाई ३० रनले पराजित गरेको हो। वेस्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछ्याएको इङ्लिस टोली १८.५ ओभरमा १६६ रनमा अलआउट भयो।
जितसँगै वेस्ट इन्डिजले २ खेलबाट ४ अंक पुर्याएको छ। स्कटल्यान्ड र इङ्ल्यान्डको समान २ अंक छ। यी तीन टिमले समान दुई खेल खेलेका छन्।
समान एक खेल खेलेका नेपाल र इटाली अंकविहीन छन्। यी दुई टोलीले बिहीबार यही रंगशालामा खेल्नेछन्।
साम करनले अविजित ४३ रन बनाए। ज्याकोब बेथेलले ३३ र फिल साल्टले ३० रन बनाए।
वेस्ट इन्डिजका गुडकेश मोतीले तीन विकेट लिए। रोस्टन चेसले दुई विकेट लिए। अकिल हुसेन र रोमारियो शेफर्डले एक/एक विकेट लिए।
टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो। शेर्फेन रदरफोर्डले ७ छक्काको मद्दतले ७६ रन बनाए। आदिल रशिदले २ विकेट लिएका थिए।










-1770799852128.png&w=3840&q=75)

