नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य
-1770894249103.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ।
वानखेडे रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल २० ओभरको खेलमा १९.२ ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा सीमित भयो।
नेपालका आरिफ शेखले सर्वाधिक २७ रन (२४ बल, ३ चौका) बनाए। कप्तान रोहित पौडेलले १४ बलमा २३ रन (२ छक्का) जोड्दा आसिफ शेखले २० र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। अन्त्यतिर करण केसीले अविजित १८ रन जोडेर स्कोर उकास्ने प्रयास गरे।
ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए भने लोकेश बम ३, गुलशन झा ३ र नन्दन यादव शून्यमा आउट भए। सन्दीप लामिछानेले ५ रन जोडे। नेपाल पछिल्ला ५ ओभरमा ५ विकेट गुमाउँदै मात्र २७ रन जोड्न सफल भयो।
इटालीका क्रिशान कलुगामागे सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बेन मानेन्तीले ४ ओभरमा मात्र ९ रन दिँदै २ विकेट लिएर किफायती प्रदर्शन गरे। अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १/१ विकेट लिए।






-1770898265562.jpg&w=3840&q=75)



-1770830065585.jpeg&w=3840&q=75)

