इनोभेटिभको दोहोरो जित
-1737994469.jpg&w=3840&q=75)
काठमाडौं। आयोजक इनोभेटिभ इङलिस स्कुलले १०औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार दोहोरो जित हात पारेको छ।
इनोभेटिभ ‘ए’ ले रेडियन्ट रिडर्सलाई २९–१० ले हरायो। जितमा पुजन श्रेष्ठको १० अंक योगदान रह्यो। रिजन खरेलको ४ अंक सहयोगमा इनोभेटिभ ‘बी’ ले काभ्यालाई ९–४ ले हरायो।
सिनियर ब्वाइजमै हिमालीले एस्पान्डल पब्लिकलाई ३६–२९ तथा डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले क्याम्पियन काठमाडौंलाई ५०–१५ ले पाखा लगाए। हिमालीका सुदिप श्रेष्ठले २० तथा ज्ञान निकेतनका दिप्सन अधिकारीले १७ अंक जोडे।
जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले सनसाइनलाई १०–५, नेरिकले काभ्यालाई २६–४, केयर इङलिसले डाफोडिललाई ३०–७ र ज्ञान निकेतनले मोडर्नलाई २१–६ ले पाखा लगाए। एआइएका आदित्य बुढाले ४, नेरिकका सविन खत्रीले १५, केयरका रन्जित श्रेष्ठले १२ र ज्ञान निकेतनका करण राईले ९ अंक बटुले।
सिनियर गल्र्समा रोज बडले इनोभेटिभलाई २०–१८ तथा ज्ञान निकेतनले एआईएलाई १४–४ ले पन्छायो। रोज बडकी स्वच्छता तथा ज्ञान निकेतनकी यशोदा गज्मेरले समान ४–४ अंक जोडे।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


