• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियललाई ५ गोल हान्दै बार्सिलोनाले जित्यो सुपर कप
खेलपाटी संवाददाता
सोमबार, पुस २९, २०८१ खेलपाटी संवाददाता
रियललाई ५ गोल हान्दै बार्सिलोनाले जित्यो सुपर कप

काठमाडौं। बार्सिलोनासँग पछिल्लो क्लासिकोको हारको बदला लिन रियल मड्रिड मैदानमा उत्रिएको थियो। तर, फेरि बार्सिलोनासँग रियलले लज्जास्पद हार भोग्न परेको छ।

साउदी अरबको जेद्दाहमा आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ ले पराजित भएको हो। यसअघि अक्टोबरमा घरेलु लिगमा रियल बार्सिलोनासँग ४–० ले पराजित भएको थियो।

किलियन एमबाप्पेले आफ्नो दोस्रो क्लासिकोमा रियललाई सुरुआतमै अग्रता दिलाएका थिए। तर, बार्सिलोनाले राफिन्हाको दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोव्स्की र एलेजान्ड्रो बाल्डेको एक/एक गोलमा पुनरागमन जित निकाल्न सफल भयो।

‘यो नराम्रो रात थियो,’ रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने,‘यो नतिजा निराशाजनक हो, हामी यसलाई लुकाउँदैनौं। तर, यो फुटबल हो ... हारबाट केही सिक्ने प्रयास गर्नुपर्छ। हामीले अगाडिको खेलमा ध्यान दिनु पर्छ।’

पाँच लगातार जितपछि रियलले पहिलोपल्ट हार बेहोरेको हो। अक्टोबरमा भएको भेटमा बार्सिलोनाको डिफेन्सले एमबाप्पेलाई  ‘हाई लाइन’ बनाएर रोक्न सफल भएको थियो। त्यतिखेर डिफेन्सले उनलाई आठपल्ट अफ साइड ट्यापमा पारेका थिए।

तर, यसपल्ट उनले किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा खेलको पाँचौं मिनेटमै बल कब्जा गरी उत्कृष्ट गोल गरे। यमलले २२औं मिनेटमा बार्सिलोनालाई खेलमा फर्काए। उनले लेवान्डोव्स्कीको पासमा गोल गरेका हुन्। ३६औं मिनेटमा  लेवान्डोव्स्की आफैंले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।

राफिन्हाले ३९औं र ४८औं मिनेटमा दुई गोल थप्दा बार्सिलोनाले अग्रता ४–१ मा पुर्‍याइसकेको थियो। त्यसमा बाल्डेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै उक्त अग्रता अझ लम्बाए।

बार्सिलोनाका गोलकिपर वोइचेक स्जेन्स्नी ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो। स्जेन्स्नीले ‘ब्रेकअवे’ गर्न खोज्दा डिबक्सबाहिर फउल गरेपछि रातो कार्ड पाएका थिए।  त्यति नै खेर रोड्रिगोले गोल फर्काए पनि रियलले पुनरागमन गर्न सकेन। 

सन् २०२५ मा बार्सिलोनाको यो लगातार तेस्रो जित हो। गत वर्षको अन्त्यमा बार्सिलोनाले लगातार दुई खेल गुमाएको थियो। ‘क्रिसमसको ब्रेकले हामीलाई हाम्रा गल्तीहरूबारे पुनरावलोकन गर्न मद्दत गर्‍यो,’ लेवान्डोव्स्कीले भने,‘अब हामी सिजनको अन्त्यसम्मको खेलहरूमा ध्यान केन्द्रित गर्न सक्छौं।’

लेवान्डोव्स्कीले बार्सिलोनाका लागि सबै प्रतियोगितामा २७ खेलमा २६ गोल गरेका छन्। राफिन्हाले १९ गोल र यमलले आफ्नो गोल संख्या आठ पुर्‍याएका छन्। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
‘साम्बा’ दुई सातामै तीन संस्थाको ब्रान्ड एम्बेसडर
‘साम्बा’ दुई सातामै तीन संस्थाको ब्रान्ड एम्बेसडर
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP