काठमाडौं। साबिक विजेता बंगलादेशलाई पराजित गर्दै भारतले साफ यु–१७ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न खेलमा भारतले २–० को सहज जित निकालेको हो।
जितसँगै भारतले २ खेलबाट ४ अंक जोडेको छ। भारतले पहिलो खेलमा नेपाललाई ७–० ले पराजित गरेको थियो। बंगलादेशको भने यो पहिलो हार हो।
बंगलादेशले पहिलो खेलमा भुटानलाई ३–१ ले पाखा लगाएको थियो। योसँगै भारतले गत संस्करण फाइलनमा बेहोरेको हारको बदला बंगलादेशसँग लिएको छ।
उक्त खेलमा बंगलादेशले पेनाल्टी सुटआउट ३–२ को जित हात पारेको थियो। यसपल्ट भारतलाई जित दिलाउन प्रियल फर्नाडेस र बोनिफिलिया शुल्ललले गोल गरे।
खेलको १४औं मिनेटमा भारतले प्रियलको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। ७६औं मिनेटमा बोनिफिलियाले गोल गर्दै २–० को जित पक्का गरिन्।