• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
क्लासिकोको बदला लिने तयारीमा रियल
खेलपाटी संवाददाता
आइतबार, पुस २८, २०८१ खेलपाटी संवाददाता
क्लासिकोको बदला लिने तयारीमा रियल

काठमाडौं। किलियन एमबाप्पेको पहिलो क्लासिकोमा बार्सिलोनासँग रियल मड्रिडले लज्जास्पद हार बेहोरेको थियो। दुई महिनाभन्दा बढी समयपछि रियललाई त्यो हारको बदला लिने मौका मिल्दैछ। त्यो ४–० को हार रियलका खेलाडीको दिमागमा आइरहनेछ, जब उनीहरूले आइतबार साउदी अरबको जेद्दामा स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग दोस्रो पटक भिड्ने छन्।

स्पेनबाट तीन हजार माइल टाढा खेलिने यस सानो प्रतियोगिताले क्लबहरूको कोषमा थप रकम ल्याउनेछ र दुवै टोलीले सिजनको दोस्रो भाग कसरी सुरु गर्दैछ भन्ने मापन गर्नेछ। बार्सिलोनासँगको घरेलु मैदानमा पराजय भएपछि रियलले केही सकारात्मक नतिजा हासिल गरेको छ। क्याटलान क्लबले भने सिजनको सानदार सुरुआत गरे पनि थकान महसुस गरिरहेको छ।

तर, रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले शनिबार उनको टोलीले सान्टियागो बेर्नाबेउमा भएको तीतो हारबाट प्रेरणा लिनुपर्ने बताए। ‘पहिलो क्लासिकोको बारेमा सोच्नुपर्नेछ, जब उनीहरूले हामीलाई हराए। हामीले गरेका राम्रो कुराहरू दोहोर्याउनु र पछि गरेका गल्तीहरूबाट बच्नु पर्छ। क्लासिको भनेको क्लासिको नै हो र फाइनलमा दबाब झन् बढी हुन्छ। फाइनलमा बार्सिलोनासँग खेल्नु सधैं विशेष हुन्छ,’ उनले भने।

अक्टोबरको अन्त्यतिर भेट हुँदा रोबर्ट लेवान्डोस्कीले दुई तथा लमिन यमल र राफिन्हाले एक/एक गोल थपेर एमबाप्पेलाई पहिलो क्लासिकोमा लज्जित बनाएका थिए। त्यो खेलमा बार्सिलोनाले डिफेन्सिभ लाइनको समय मिलाइएर एमबाप्पेलाई आठ पटक अफसाइडमा परेको थियो।

एन्सेलोटीका अनुसार रियलका खेलाडीहरूले बार्सिलोनाको हाइ लाइन दबाबलाई कसरी तोड्ने भनेर यसपल्ट अध्ययन गरेका छन्। ‘यो खेलको महत्त्वपूर्ण पक्ष हो जसलाई हामीले मूल्यांकन गरेका छौं र यसलाई तोड्नपर्नेछ,’ इटालियन प्रशिक्षकले भने।

बार्सिलोनाले नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा पहिलो तीन महिनासम्म लगभग अपराजित देखिएको थियो। तर, त्यसपछि सान–साना टोली लास पाल्मास र लेगानेससँगको हारले बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानबाट तल झार्‍यो।

त्यसैले, एथलेटिक बिल्बाओलाई २–० ले पराजित गर्दै सुपर कपको सेमिफाइनलमा पुगेपछि रियलसँगको पुनर्म्याचले च्याम्पियन्स लिगको पुनः सुरुआतको दुई हप्ताअघि टोलीको प्रदर्शनको राम्रो झलक दिनेछ। ‘यो सबैका लागि ठूलो खेल हो, सुपर कपमा क्लासिको। हामीले जित्न सकेमा यो सिजनका लागि ठूलो हौसला हुनेछ,’फ्लिकले भने। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
‘साम्बा’ दुई सातामै तीन संस्थाको ब्रान्ड एम्बेसडर
‘साम्बा’ दुई सातामै तीन संस्थाको ब्रान्ड एम्बेसडर
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP