आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

मदन भण्डारी भलिबलमा मणिमुकुन्द अन्तिम चारमा

आइतबार, २१ पौष २०८१खेलपाटी संवाददाता
मदन भण्डारी भलिबलमा मणिमुकुन्द अन्तिम चारमा
Classic Tech Internet Ad

रुपन्देही । रुपन्देहीमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता पाचौं दिनको खेलमा मणिमुकन्द भलिबल क्लब अन्तिम चारमा स्थान बनाएको छ । 

आईतबार भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा ३–२ को सेटमा जित निकाल्दै मणिमुकुन्द अन्तिम चारमा स्थान बनाएको हो । दोस्रो खेलमा गुजरात भलिबल क्लबले गल्कोट भलिबल क्लबलाई पराजित गरेको छ । गुजरातको यो प्रतियोगितामा दोस्रो जित हो ।

रामनगर खेलमैदानमा भएको पहिलो निक्कै प्रतिस्प्रर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५–२० अंकसहित जित निकाल्दै खेलमा अग्रता लिएको थियो । तर दोस्रो सेट भने आयोजक मदन भण्डारीले २५–१८ मा आफनो पोल्टामा पार्दै खेल बराबरीमा ल्यायो ।

चर्चित युवा खेलाडीसहित मैदानमा उत्रेको आयोजक मदन भण्डारीलाई तेस्रो सेटमा २५–१२ अंकको साथ हराउँदै मणिमुकुन्दले खेलमा फेरि अग्रता लियो ।

चौथौ सेट भने खेलमा फर्किदै आयोजक मदन भण्डारीले २५–२० अंकका साथ जित निकाल्दै खेल पुनः बराबरीमा ल्याउन सफल भयो । अन्तिम तथा निर्णायक सेट मणिमुकुन्दले १५–१२ अंकको जित निकाल्दै खेल आफनो पक्षमा पारेको थियो ।

दोस्रो खेलमा गुजरात भलिबल क्लबले विदेशी खेलाडीसहित मैदानमा रहेको गल्कोट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको छ । एकतर्फी खेलमा गुजरातले २५–१८, दोस्रो सेट २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । 

सोमबार पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्लबले रुकुम भलिबल क्लब तथा दोस्रो खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लब र शस्त्रप्रहरी बल एपीएफ क्लबको सामना गर्नेछन् । 
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

Bajaj Pulsar Motorcycle Ad
सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

मुलरलाई हराएका मेसी

मुलरलाई हराएका मेसी

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल