• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
ह्याट्रिकका साथ प्रिन्स र रसिलालाई उपाधि
खेलपाटी संवाददाता
शनिबार, मंसिर २२, २०८१ खेलपाटी संवाददाता
ह्याट्रिकका साथ प्रिन्स र रसिलालाई उपाधि

काठमाडौं। एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा ह्याट्रिकका साथ उपाधि उचाल्न सफल भएका छन्।

जित हात पार्दै ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित प्रतियोगितामा शनिबार भएको पुरुष एकलतर्फको खेलमा दाहालले नेपाली सेनाका प्रफुल्ल महर्जनमाथि २१–८, २१–९ को जित निकाल्दै उपाधि रक्षाका साथ ह्याट्रिक गर्न सफल भएका हुन्। एपिएफका देवराज राना र क्षितिज खनाल तेस्रो स्थानमा खुम्चिन बाध्य भए।

महिला एकलतर्फ शीर्ष वरीयताकी रसिला महर्जनले आफ्नो उपाधि जोगाइन्। सेनाकी महर्जनले उपाधि जोगाउने क्रममा आफ्नै क्लबकी अमिता गिरीलाई २१–७, २१–११ ले पाखा लगाइन्। रसिलाको ललितपुर मेयर कपमा यो लगातार तेस्रो उपाधि हो। सेनाकै रिहाना शेरचन र शेष्ना श्रीपाली संयुक्त तेस्रो भए।

पुरुष (शीर्ष २० वरीयताबाहेक) युगल तर्फ नेपाली सेनाका विधान अधिकारी र पविन लिङ्गथेपको जोडी र बालकुमारी रिमिक्स क्लबका सशिन डङ्गोल र सुमन शाक्यको जोडीबीच भएको प्रतिस्पर्धामा विधान र पविनले जित हात पारे। विधान र पविनको जोडीले २१–१४, २१–१४ को जित हात निरन्तर तीन पटक उपाधि उचालेका हुन्। नेपाली सेनाका लक्ष्मण रानामगर र सुप्रिम पन्तको जोडी तथा बालकुमारी रिमिक्सका दिप्रिश मुनी बज्राचार्य र रमन महर्जनको जोडी संयुक्त तेस्रो भए।

यु–१७ तर्फको पुरुष एकल तर्फ एपिएफका कबिर केसीले जित हात पार्दै उपाधि उचाले। उनले सेनाका सुविन श्रेष्ठ माथि २१–९, २१–१३ को जित निकाल्दै उपाधि उचालेका हुन्। कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका अमन डङ्गोल र कैलालीका शिशिर राना संयुक्त तेस्रो भए।

यही विधाको महिला तर्फ नेपाली सेनाकी रिहाना शेरचनले उपाधि कब्जा गरिन्। शेरचनले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१२ ले पराजित गरेकी हुन्। तेस्रो स्थानमा एपिएफका प्रियंशा श्रेष्ठ र टिशा रानी शाक्य रहे।

मास्टर्स ४५ वर्ष माथिको युगलतर्फ सहआयोजक बालकुमारी रिमिक्स क्लबका शान्ता डङ्गोल र कृष्ण श्रेष्ठको जोडी स्पोर्टस हबका सानबहादुर साँवा र लाक्पा शेर्पाको जोडीलाई १०–२१, २३–२१, २१–१६ ले पराजित गर्दै प्रथम हुन सफल भए। कास्कीका प्रेम कुमार गुरुङ र राजेन्द्र वाग्ले तथा हिमाल गुरुङ र शम्भु श्रेष्ठको जोडी संयुक्त तृतीय भए।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयताबाहेक), यु–१७ बोइज र गर्ल्स तथा मास्टर ४५ माथि युगल गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो।

३१ लाख अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगलतर्फका विजयीले ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यस्तै दोस्रो हुनेले २० हजार र तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

यु–१७ तर्फ बोइज तथा गर्ल्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल (४५ वर्ष माथि)का प्रथम, द्वितीय र तृतीय हुनेले३० हजार, १५ हजार र ७ हजार ५ सय प्राप्त गरे। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली, क्लब र जिल्लाका गरी २२८ खेलाडीहरूले गरेका थिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP