तन्वीरको उत्कृष्ट बलिङसँगै पोखराको लज्जास्पद हार

काठमाडौं। पाकिस्तानी ३९ वर्षीय बलर सोहेल तान्वीरले लगातार उत्कृष्ट बलिङ गरेसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ। सोमबार मात्रै काठमाडौं गुर्खाजविरुद्ध खेलको एकै इनिङ्समा पाँच विकेट लिँदै उनले कीर्तिमान बनाएका थिए। चार ओभर बलिङ गरेका उनले २१ रन खर्चिएका थिए। तर, मंगलबार तीन ओभर बलिङ गर्दै एक मेडनसहित ६ रन खर्चिएर तीन विकेट लिएपछि पोखरा निरिह बनेको हो।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराका खेलाडी तान्वीरको बलिङसामू टिक्न सकेनन्। उनले पहिलो ओभरमा कप्तान कुशल भुर्तेल, दीलिप नाथ र बास डि लिडेको विकेट लिँदै सानदार सुरुआत दिलाएका थिए।
पहिलादेखि नै पेसरमा परेको पोखराले १३.२ ओभरमा ७४ रन मात्रै बनाउन सक्यो। यो एनिएलमा अहिलेसम्मकै कम स्कोर हो। मंगलबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सले मात्रै ९० रन बनाएको थियो।












-1771592656087.jpeg&w=3840&q=75)
-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)
